ओखलढुङ्गामा चट्याङ लागेर घरमै बसेकी महिलाको मृत्यु

ओखलढुङ्गामा चट्याङ लागेर घरमै बसेकी महिलाको मृत्यु

ओखलढुङ्गा : चट्याङ लागेर ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी एक महिलाको मृत्यु भएको छ।

शनिबार अपराह्न वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी ५७ वर्षीय देवमाया बुढाथोकीको ज्यान गएको हो। घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो।

बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए।

ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ।

वैशाख १७, २०८० आइतबार ०९:२९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।