भारतमा उपचार गराएर कांग्रेस नेता भण्डारी आज नेपाल फर्कंदै

काठमाडौं : भारतमा उपचाररत कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीलाई बाँकी उपचारका लागि आज (आइतबार) नेपाल नै ल्याइने भएको छ।
गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन्। उक्त दुर्घटनामा परेकी भण्डारीकी आमाको भने निधन भएको थियो।
भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्काइने उनको निजी सचिवालयले जनाएको छ।
कांग्रेसका नेता एवं गुल्मी जिल्ला क्षेत्र नम्बर १ का सांसद चन्द्र भण्डारीलाई फागुन ३ गते भारतको महाराष्ट्र, मुम्बईस्थित नेसनल बर्न अस्पतालमा भर्ना गरिएको थियो।
वैशाख १७, २०८० आइतबार ०९:११:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।