रियल म्याड्रिडको जितमा बेन्जेमाले गरे पहिलो हाफमै ह्याट्रिक

एजेन्सी : करिम बेन्जेमाको ह्याट्रिकको मद्दतले रियल म्याड्रिडले स्पेनिस लिगमा अल्मेरियालाई ४–२ गोल अन्तरले पराजित गरेको छ।
गए राति घरेलु मैदानमा भएको खेलमा बेन्जेमाले खेलको पहिलो हाफमा नै ह्याट्रिक पुरा गरेका थिए। उनले पाँचौं, १७ औं र ४२ औं मिनेटमा गोल गर्दा रियलका लागि रोड्रिगोले एक गोल थपेका थिए।
यो ह्याट्रिकसँगै कुल २३६ गोलसहित स्पानिस लिगमा उनी सर्वाधिक गोल गर्ने चौथो खेलाडी बनेका छन्।
तर यस जितका बाबजुद पनि रियल लिग लिडर बार्सिलोनाभन्दा ११ अंक पछि लिगको दोस्रो स्थानमा छ। रियलको ३२ खेलबाट ६८ अंक छ भने बार्सिलोनाको ७९ अंक छ।
वैशाख १७, २०८० आइतबार ०७:५३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।