१५ वर्षीय यमलको कीर्तिमानी खेलमा बार्सिलोनाको ४-० को जित

१५ वर्षीय यमलको कीर्तिमानी खेलमा बार्सिलोनाको ४-० को जित

एजेन्सी : १५ वर्षीय विंगर लमाइन यमलले बार्सिलोनाको लागि खेल्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाएका छन्।

उनको कीर्तिमानी खेलमा लिग लिडर बार्सिलोनाले स्पेनिस लिगमा रियल बेटिसलाई ४–० ले पराजित गर्यो।

स्पेनको जुनियर टिमबाट पनि खेलिसकेका यमलले ८४ औं मिनेटमा पाब्लो गाभीको स्थानमा मैदान छिर्दै क्लबको कान्छो खेलाडीको रेकर्ड बनाएका हुन्।

१० खेलाडीमा समेटिएको रियल बेटिसबिरुद्ध घरेलु मैदान क्याम्प नाउमा बार्साले पहिलो हाफमा नै ३-० को अग्रता कायम गरेको थियो।

जसका लागि क्रिस्टेन्सेन, लेवान्डोस्की र राफिन्हाले गोल गरेको थिए। यसपछि खेलको अन्तिम सयमा एक आत्मघाती गोल उपहार पाउँदा बार्सा सजिलै ४-० विजयी भयो।

यो जितसँगै बार्सिलोनाको जारी सिजन लिग उपाधि जित्ने सम्भावना निकै बलियो बनेको छ। लिगमा मात्र ६ खेल खेल्न बाँकी छँदा बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडसँग ११ अंकको अग्रता बनाएको छ।

बार्सिलोनाको ३२ खेलबाट ७९ अंक छ भने रियलको ६८ अंक छ। 

वैशाख १७, २०८० आइतबार ०७:३९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।