३ लाख तलब पाइने काममा अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख लिएपछि...

३ लाख तलब पाइने काममा अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख लिएपछि...

काठमाडौं : अष्ट्रेलिया पठाइदिन्छु भन्दै ३० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन्।

सुनसरी धरान उपमहानगरपालिका-१३ घर भइ काठमाडौं महानगरपालिका-१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

सयना समेतले वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिन्छु भन्दै पीडितबाट पटक पटक गरी ३० लाख रुपैयाँ ठगी गरेको आरोप छ।

उनीहरुले प्रतिष्ठित कम्पनीमा ३ लाख रूपैयाँभन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी उक्त रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो।

जसअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१ लाजिम्पाटबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ।  

वैशाख १६, २०८० शनिबार १४:०४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।