अनसनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न प्रचण्डको निर्देशन

अनसनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न प्रचण्डको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बसेका नुवाकोटका किसानले माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्।

यही वैशाख ५ गतेदेखि काठमाडौंको वसन्तपुरमा आमरण अनशन बसेका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा गर्न प्रचण्डले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन्।

उने मुख्यसचिव शंकरदास बैरागीमार्फत माग सम्बोधन गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री दाहालले सरकार जनसरोकारका मुद्दामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाललाई उठाएर कोही कसैले पनि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि क्रियाशील रहेको बताए।

उनले किसान घिमिरेले उठाउनुभएका विषयलाई समाधान गर्न अधिकतम प्रयत्न गर्न तथा निजको स्वास्थ्यमा पनि ध्यान दिन निर्देशन दिएका हुन्।

वैशाख १६, २०८० शनिबार १०:५१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।