कुवेतविरुद्ध नेपालको लगातार तीन विकेट पतन, भीम सार्की १ रनमै आउट

काठमाडौँः एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतविरुद्ध ब्याटिङ गरेको नेपालको लगातार विकेट पतन भएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १४ ओभरको खेल चलिरहँदा ३ विकेट गुमाइसकेको छ।
कुशल भुर्तेल ३९ बलमा ४३ रन बनाएर आउट भए भने भीम सार्की पनि १ रनमै आउट भए। आशिफ शेख २८ बलमा ३१ रन बनाएर आउट भए। यस क्रममा उनले तीन छक्का र १ चौका प्रहार गरे।
अहिले कप्तान रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन्।
नेपाल समूह चरणमा अपराजित रहँदै समूह 'ए' को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। समूह चरणका चारमध्ये तीन खेल जितेको नेपालले एक खेलमा वर्षका कारण अंक बाँडेको थियो।
कुवेतले भने समूह 'बी' को उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो। कुवेतले समूह चरणको चारमध्ये तीन खेल जितेको थियो।
एसीसी प्रिमियर कपको उपाधि विजेता टिम यसै वर्ष हुने एसिया कपमा छनोट हुनेछ जसले समूह चरणमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।
घरेलु मैदान र समर्थकको साथ पाएको नेपाललाई उपाधिको प्रमुख दाबेदारको रुपमा हरिएको छ।
नेपालले यो उपाधि जितेमा पहिलो पटक एसिया कपमा छनोट हुने इतिहास पनि बनाउनेछ।
वैशाख १६, २०८० शनिबार १०:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।