आक्रामक ब्याटिङ गरेको नेपालले कुवेतविरुद्ध गर्यो सानदार सुरुवात

काठमाडौं : नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतविरुद्ध सानदार सुरुवात गरेको छ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले आक्रमक ब्याटिङ गर्दै १० ओभरको खेल सकिंदासम्म एक विकेट पनि खेर नफाली ७६ रन बनाएको छ।
जसका लागि नेपालका ओपनर कुशल भुर्तेल ४३ रन र आसिफ शेखले ३० रनको योगदान दिए।
प्रतियोगितामा अपराजित रहेको टोली नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो।
वैशाख १६, २०८० शनिबार ०९:४६:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।