ताप्लेजुङमा चट्याङ लागेर घरैमा बसिरहेका वृद्धको मृत्यु

ताप्लेजुङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो।
घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो। इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ भने शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइने कार्कीले बताए।
केही दिनअघि मात्रै चट्याङ लागेर मैवाखोला गाउँपालिकामा एक बालकको ज्यान गएको थियो।
वैशाख १६, २०८० शनिबार ०९:३०:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।