रेमिटेन्सको आप्रवाहमा उल्लेखनीय योगदान गरेकोमा एसबिआई बैंक सम्मानित

रेमिटेन्सको आप्रवाहमा उल्लेखनीय योगदान गरेकोमा एसबिआई बैंक सम्मानित

काठमाडौं : नेपाल एसबिआई बैंक नेपाल राष्ट्र बैंकको रेमिटेन्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको छ।

राष्ट्र बैंकले आफ्नो ६८ औं वार्षिक उत्सवको अवसरमा नेपाल एसबिआई बैंकलाई सम्मानित गरेको हो।

एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एसबिआई बैंकका प्रमूख कार्यकारी अधिकृत दीपक कुमार देलाई सम्मान पत्र प्रदान गरे।

आर्थिक वर्ष २०७८/७९ भित्र बैंक तथा वित्तीय संस्थाहरु मध्ये यस बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो। 

वैशाख १६, २०८० शनिबार ०९:१७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।