नेपाली टिममा एक परिवर्तन, करण केसी फर्किए प्लेइङ-११ मा

नेपाली टिममा एक परिवर्तन, करण केसी फर्किए प्लेइङ-११ मा

काठमाडौं : भरपर्दा अलराउन्डर करण केसी एसीसी प्रिमियर कपको कुवेतविरुद्धको सेमिफाइनल खेलमा नेपाली टिममा फर्किएका छन्।

नेपालले यस खेलमा प्लेइङ–११ एक परिवर्तन गर्दै करणलाई टिममा बोलाएको हो। गुलशन झालाई बेन्चमा राखेर आजको खेलमा करण केसीलाई समेटिएको छ।

कतारसँगको अघिल्लो खेलमा उनलाई आराम दिइएको थियो। यस खेलमा टियु क्रिकेट मैदानमा टस हारेर नेपालले पहिले ब्याटिङ गर्दैछ।

वैशाख १६, २०८० शनिबार ०८:५४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।