नेपालले कुवेतविरुद्ध टस हार्यो, पहिले ब्याटिङ गर्दै

काठमाडौं : नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ।
टियु क्रिकेट मैदानमा कुवेतका कप्तानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
नेपाल यस खेलमा कुवेतलाई हराउँदै फाइनलमा स्थान पक्का गर्दै एसिया कप छनोटको नजिक पुग्ने योजनामा छ।
नेपाल समूह चरणमा अपराजित रहँदै समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो। समूह चरणका चार खेल मध्ये तीन खेल जितेको नेपालले एक खेलमा वर्षका कारण अंक बाँडेको थियो।
कुवेतले भने समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो। कुवेतले समूह चरणको चार खेल मध्ये तीन खेल जितेको थियो।
वैशाख १६, २०८० शनिबार ०८:४४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।