जोर्डनविरुद्ध नेपालको ४-१ गोलको सानदार जित

काठमाडौं : नेपालले एएफसी यू–१७ महिला एसियन कप छनोट खेलमा जोर्डनविरुद्ध आकर्षक जित निकालेको छ।
शुक्रबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली जोर्डनलाई ४–१ ले हरायो।
नेपालको जितमा सुक्रिया मियाले दुई गोल गर्दा वर्षा ओली र माया मास्केले एक एक गोलको योगदान दिएका थिए।
यो जितसँगै तीन टिम रहेको समूह ‘एच’ मा रहेको नेपालले दोस्रो चरण प्रवेश सम्भावनालाई जीवितै राखेको छ। पहिलो खेलमा नेपाल इरानसँग १–० ले पराजित भएको थियो।
वैशाख १६, २०८० शनिबार ०७:१८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।