२५८ रनको विशाल लक्ष्य पाएको पञ्जाव लखनऊसँग ५६ रनले पराजित

लखनऊ सुपर जाइन्ट्सले पञ्जाव किंग्सलाई ५६ रनले हराएको छ।
पञ्जाव क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको लखनउले आईपीएल इतिहासकै सर्वाधिक दोस्रो ठूलो लक्ष्य पस्किएको थियो। लखनऊले ५ विकेटको क्षतिमा २५७ रनको विशाल आँकडा तयार पारेको थियो।
जवाफी लक्ष्य पछ्याएको पञ्जाव एक बल बाँकी छँदै २०१ रनमा अलआउट भयो। लखनऊको जितमा यस ठाकुरले सर्वाधिक ४ तथा नवीन उल हकले ३ विकेट लिए। त्यस्तै रवि विशोनीले २ तथा र मार्क्स स्टोइनिसले एक विकेट लिए।
पञ्जावका अथर्ग तैडीले ३६ बलमा ८ चौका र २ छक्कासहित ६६ रन बनाए पनि टोलीको हार टार्न सकेनन्। पञ्जावका अन्य ब्याटरले खासै उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।
यसअघि ब्याटिङ गरेको लखनऊले भने मार्क्स स्टोइनिसको ७२, केले मेयर्सको ५४ तथा निकोलस पुरनको ४५ रनको मद्दतमा २५७ रनको योगफल तयार पारेको थियो।
जितसँगै ९ खेलबाट लखनऊले १२ अंक बनाएर शीर्ष स्थानमा उक्लिएको छ। पञ्जावको भने यो चौथो हार हो।
वैशाख १५, २०८० शुक्रबार २३:५७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।