फरार एमाले सांसद कोइरीको बिदा अस्वीकृत

काठमाडौंः फरार एमाले सांसद लक्ष्मी महतो कोइरीको बिदा प्रतिनिधिसभाले अस्वीकृत गरेको छ।
प्रतिनिधि सभाको शुक्रबार बसको बैठका सभामुख देवराज घिमिरेले सांसदहरूसँग उनको बिदा स्वीकृतिका लागि बैठकमा पेश गरेका थिए ।
तर फरार रहेर सम्पर्कमा नआएका भन्दै अन्य दलका सांसदले विरोध जनाएका थिए। यस क्रममा संसद केहीबेर स्थगितसमेत भएको थियो।
आजको प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख घिमिरेले पेश गरेको प्रतिनिधि सभा सदस्य मनोरमा शेरचन, बिनाकुमारी थनैत, चन्द्रकान्त भण्डारी र वर्षमान पुनको बिदा स्वीकृत भएको थियो ।
उनीहरुको स्वकृत भए पनि कोइरीको स्वीकृत नभएपछि शुक्रबार राति बसेको बैठकमा कोइरीबारे सभामा विभिन्न विषय उठेको भन्दै यसबारे प्रतिनिधि सभाको आगामी अधिवेशनमा कानूनबमोजिम हुने जानकारी गराएका थिए ।
कोइरी गत मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी १ बाट माओवादीका गिरिराजमणि पोखरेललाई हराउँदै विजयी भएका थिए। तत्कालीन मधेश आन्दोलनमा असई थमन विकको हत्या आरोप लागेका उनी लगातार १० वटा प्रतिनिधिसभा बैठकमा अनुपस्थित भइसकेका छन्।
वैशाख १५, २०८० शुक्रबार २२:५९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।