आईपीएल इतिहासकै दोस्रो ठूलो लक्ष्य दियो लखनऊले पञ्जावलाई

जारी आईपीएलमा लखनऊ सुपर जाइन्ट्सले पञ्जाव किंग्सलाई २५८ रनको विशाल लक्ष्य दिएको छ।
पूरै ओभरमा ६ विकेट गुमाएको खेल सकाएको लखनऊ टस हारेर ब्याटिङमा उत्रिएको थियो।
लखनऊले दिएको लक्ष्य आईपीएल इतिहासकै सर्वाधिक दोस्रो ठूलो हो। यसअघि सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंग्लोरले पूणे वारियर्सलाई २६३ रनको लक्ष्य दिएको थियो।
आज लखनऊका मार्क्स स्टोइनिसले ४० बलमा ७२ रन बनाएर आउट भए भने केल मेयर्सले विष्फोटक ब्याटिङ गर्दै २४ बलमा ५४ रन बनाए। त्यस्तै निकोलस पुरनले पनि १९ बलमै ४५ रन बनाए। र आयुष बडोनीले २४ बलमा ४३ रन बनाए।
वैशाख १५, २०८० शुक्रबार २१:४५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।