२ महिलासहित १८ जना एसपी बढुवाका लागि सिफारिस

२ महिलासहित १८ जना एसपी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका १८ जना एसपी बढुवाका लागि सिफारिस भएका छन्। 

शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

जसमा २ जना महिला (गंगा पन्त र तारादेवी थापा) एसपी पनि परेका छन्। 

बढुवा सिफारिसमा पर्नेहरू विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओमप्रकाश अधिकारी, शेखर खनाल अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौरलगायत छन्। 

 

 

वैशाख १५, २०८० शुक्रबार १९:१७:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।