थ्रीस्टारले गुमायो शीर्ष स्थानमा पुग्ने मौका, साहुखल पेनाल्टीमा चुके

थ्रीस्टारले गुमायो शीर्ष स्थानमा पुग्ने मौका, साहुखल पेनाल्टीमा चुके

शहीद स्मारक 'ए' डिभिजन लिगमा शुक्रबार दोस्रो स्थानको थ्रीस्टारले एनआरटीसँग पराजय भोगेको छ। 

एनआरटी १-० गोलअन्तरले विजयी भयो। हारपछि हारपछि थ्रीस्टारले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा एनआरटीलाई जित दिलाउन सञ्जीव विष्टले ३७औं मिनेटमा निर्णायक गोल गरे। 

थ्रीस्टारका सन्तोष साहुखलले पेनाल्टीमा गोल गर्न सकेनन् । ३५ औं मिनेटमा साहुखलले पेनाल्टीलाई पोस्टको दिशा दिन सकेनन्।

जितपछि एनआरटीले १३ खेलबाट १६ अंक जोडेको छ र ऊ आठौँ स्थानमा उक्लिएको छ। यो उसको चौथो जित हो। 

थ्रीस्टारको भने १३ खेलबाट २२ अंक छ ।

शीर्ष स्थानमा रहेको जावलाखेलको भने १२ खेलबाट २३ अंक छ। 

वैशाख १५, २०८० शुक्रबार १८:०७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।