रवि लामिछानेले रोजेको मन्त्रालय दिऊँ, म त्याग गर्न तयार छुः पर्यटनमन्त्री किराती

प्रतिनिधिसभा उपनिर्वाचनमा विजयी भएका रास्वपा सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बताएका छन्।
शुक्रवार होटल व्यवसायी महासंघ र पर्यटन बोर्डको कार्यक्रममा मन्त्री किरातीले भने,' जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन् । यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ । त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु ।’
हान अध्यक्षमा शाह निर्वाचित
होटल संघ नेपाल (हान) को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन्। संघको ४८औँ वार्षिक साधारणसभामार्फत शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
नवनिर्वाचित अध्यक्ष शाह एयरपोर्ट होटलका सञ्चालक हुन् । उनी यसअघि हानको प्रथम उपाध्यक्ष थिए। साधारणसभाबाट प्रथम उपाध्यक्षमा प्रवीणबहादुर पाण्डे, द्वितीय उपाध्यक्ष विनय तुलाधर, महासचिवमा साजन शाक्य र कोषाध्यक्षमा युवराज श्रेष्ठ चयन भए।
साथै कार्यसमिति सदस्यमा विधाता श्रेष्ठ, जयदिन श्रेष्ठ, सारिक अहमद लारी, विनोदशंकर श्रेष्ठ, दिनेश श्रेष्ठ, विशालकुमार कैंथ, राजेन्द्र भट्ट, रामकुमार पुरी, ठाकुरप्रसाद पोखरेल, लक्ष्मण अर्याल, विप्लव पौडेल र गोपाल राना, राजन श्रेष्ठ र सुमन घिमिरे चयन भए।
वैशाख १५, २०८० शुक्रबार १७:४६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।