आफ्ना अध्यक्षमाथि आक्रमण भएपछि एमालेले संसदमा सोध्यो, 'यो देशमा सरकार छ कि छैन ?'

आफ्ना अध्यक्षमाथि आक्रमण भएपछि एमालेले संसदमा सोध्यो, 'यो देशमा सरकार छ कि छैन ?'

एमालेले आफ्ना अध्यक्ष केपी ओलीमाथि भएको आक्रमणको विषयलाई संसदमा आक्रोश पोखेको छ। 

उपाध्यक्ष तथा संसद विष्णु पौडेलले मुलुकमा शान्ति सुरक्षा चुस्त सरकारले नसकेको आरोप लगाए। 

ओली यही वैशाख १३ गते आफ्नो निर्वाचन क्षेत्र झापामा भएको कार्यक्रममा सहभागी भइरहेको अवस्थामा केही व्यक्तिले सांघातिक आक्रमण गरेका थिए। 

उक्त घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रतिनिधिसभाको विशेष समयमा पौडेलले घटनामा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र एमाले कार्यकर्तामाथि आक्रमण गर्ने प्रयास गरिएको भन्दै देशमा सरकार छ कि छैन भनी प्रश्न गरे।

संविधानले दिएको अधिकार प्रयोग गर्दा आक्रमणमा सत्तानिकट मानिस संलग्न रहेको अध्ययनले देखाएको उनको आरोप थियो। उक्त विषयमा गृहमन्त्रीले सदनलाई जवाफ दिन जरुरी रहेको उनले बताए। 

घटनाका घाइते जीवनमरणको अवस्थामा रहेको जानकारी गराउँदै उनले घाइतेलाई काठमाडौँ ल्याएर उपचार  गर्न पनि सरकारसँग माग गरे।

उनले शान्ति सुरक्षा जनताको अधिकार भएको  र यो घटनामा संलग्नलाई अविलम्ब पक्राउ गर्न माग गरे। उनले नागरिकको सुरक्षामा सरकार गम्भीर हुन माग गरे। 

नेता पौडेलले केही दिनअघि काठमाडौँमा मीरा पाण्डे आचार्यलाई दिनदहाडै पसलमा बसिरहेको अवस्थामा हत्या गरिएको सम्बन्धमा शीघ्र दोषी पत्ता लगाई कारबाही गर्न माग गरे। 

वैशाख १५, २०८० शुक्रबार १५:५२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।