सानिमा बैंकद्वारा दीर्घायु बचत योजना अन्तर्गतको १० लाख हस्तान्तरण

काठमाडौं : सानिमा बैंकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँ दुर्घटना बिमा दाबी रकम भुक्तानी गरेको छ।
बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भइ मृत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीलाई उक्त रकम हस्तान्तरण गरिएको हो।
सानिमा बैंकका मधेश प्रदेश प्रमुख दिपेश सिंह ठकुरीले बिमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बिमा रकमको चेक हस्तान्तरण गरे।
सानिमा बैंकले दीर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा, रु. ३ लाखसम्मको ६ जटिल रोगको उपचार बिमा, रु. १० हजारसम्मको ओपीडी भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बिमा, रु. २५ हजारको आवधिक जीवन बिमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटीएम संचालनमा रहेका छन्।
वैशाख १५, २०८० शुक्रबार १२:३२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।