रवि र स्वर्णिमले लिए शपथ, उपेन्द्र भने अनुपस्थित

रवि र स्वर्णिमले लिए शपथ, उपेन्द्र भने अनुपस्थित

प्रतिनिधिसभा उपनिर्वाचनबाट विजयी भएका रास्वपाका दुई सांसदले शपथ लिएका छन्। 

सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका हुन्। उनीहरूलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज बिहान सभामुख देवराज घिमिरेले शपथ गराए।

वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा लामिछाने चितवन-२ र वाग्ले तनहुँ-१ बाट निर्वाचित भएका थिए। 

बारा क्षेत्र नम्बर २ बाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादव भने काठमाडौँ बाहिर रहेकाले उनको शपथ ग्रहण पछि गरिनेछ। 

वैशाख १५, २०८० शुक्रबार १२:१९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।