आन्दोलनमा उत्रिए महावीर, अनुसन्धान र आविष्कारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आन्दोलन सुरु गर्दै माइतीघर मण्डलामा धर्ना दिएका छन्।
उनले सरकारसँग अनुसन्धान, नवप्रवर्तन र आविष्कारको माग गर्दै आज (शुक्रबार) बिहानदेखि आन्दोलन सुरु गरेका हुन्।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग यसका लागि माग राखे पनि सरकार गम्भीर नभएका कारण आन्दोलन गर्नु परेको उनले बताए। उनले १० वर्षदेखिको आफ्नो माग सम्बोधन नभएको बताएका छन्।
उनले संघिय सरकार र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोषमा राख्नुपर्ने माग गरेका छन्।
साथै कोषमा राखेको रकमलाई खर्च गर्नका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सहज रुपमा प्रतिभा भएका युवाहरुलाई पुर्याउनको लागि छुटै कानुन बनाउने पर्ने माग उनको छ।
वैशाख १५, २०८० शुक्रबार ११:०९:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।