उपनिर्वाचन जितेका रास्वपाका रवि र स्वर्णिमले आज शपथ लिने

उपनिर्वाचन जितेका रास्वपाका रवि र स्वर्णिमले आज शपथ लिने

काठमाडौं : उपनिर्वाचनबाट निर्वाचित भएका प्रतिनिधि सभाका दुई सदस्यहरु रवि लामिछाने  र स्वर्णिम वाग्लेले आज  शपथ ग्रहण गर्दैछन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका दुवै जनाको शपथ बिहान साढे ११ बजे हुने बताइएको छ। उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँने छन्।

रास्वपा सभापति समेत रहेका रवि चितवन २ बाट निर्वाचित भएका हुन्। कांग्रेस छाडेर रास्वपा गएका स्वर्णिम वाग्ले भने तनहुँ १ बाट  विजयी भएका थिए।

उता बारा २ बाट निर्वाचित उपेन्द्र यादव भने काठमाडौं बाहिर भएकोले उनको आज शपथ नहुने बताइएको छ।

वैशाख १५, २०८० शुक्रबार १०:२५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।