नेपाल इटाली चेम्बर अफ कमर्सद्वारा नयाँ कार्यसमिति चयन

काठमाडौं : नेपाल र इटालीबीचको व्यापारको छाता संगठन नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई)ले अध्यक्ष सञ्जय अग्रवालको संयोजकत्वमा नयाँ कार्यसमितिको बैठक सम्पन्न गरेको छ।
उक्त कार्यसमितिको बैठकले चेम्बरको उपाध्यक्षमा रुपक राजवंशीलाई चयन गरेको हो। बैठकले चेम्बरको गतिविधिलाई प्रभावकारी बनाउन चार वटा समसामयिक समिति पनि गठन गरेको छ।
जसमा उद्योग तथा लगानी प्रवर्द्धन समितिमा विनोद सगंतानी, पर्यटन प्रवर्द्धन समितिमा सारिक बोगटी, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा खेलकुद समितिमा किशोर भट्टराई र व्यापार समितिमा शुभास विक्रम शाह निर्वाचित भएका छन्।
नवनिर्वाचित समितिले नेपाल र इटालीबीचको विद्यमान व्यापार, पर्यटन, सूचना प्रविधि र व्यापारलाई थप विस्तार गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता जनाएको छ।
एनआईसीसीआई इटालीसँग व्यापार सम्बन्ध राख्ने नेपाली व्यवसायी तथा उद्योगीहरुको द्विराष्ट्रिय संस्था हो।
वैशाख १५, २०८० शुक्रबार ०९:२७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।