दुई गोलको अग्रता जोगाउन सकेन म्यानचेस्टरले, टोटेनहमसँग बराबरी

दुई गोलको अग्रता जोगाउन सकेन म्यानचेस्टरले, टोटेनहमसँग बराबरी

एजेन्सी : पहिलो हाफमा लिएको दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा टोटेनहमसँग बराबरीमा रोकिएको छ।

टोटेनहमको घरेलु मैदानमा गए राति भएको खेलमा २–२ गोलको बराबरी खेल्दै यी दुईले अंक बाँडेका हुन्। 

खेलको सातौं मिनेटमा सान्चो र ४४ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए।

तर दोस्रो हाफमा टोटेनहम खेलमा फर्कियो। ५६ औं मिनेटमा पोरोले गोल गरे भने ७९ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दा खेल बराबरीमा सकियो।

यो बराबरी पछि टोटेनहम ३३ खेलबाट ५४ अंकसहित लिगको पाँचौं स्थानमा उक्लिएको छ। युनाइटेड भने ३१ खेलबाट ६० अंक जोडेर चौथो स्थानमा छ।

वैशाख १५, २०८० शुक्रबार ०७:५२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।