लगातार तीन खेल जितेको चेन्नई राजस्थानसँग ३२ रनले पराजित

लगातार तीन खेल जितेको चेन्नई राजस्थानसँग ३२ रनले पराजित

लगातार तीन खेलमा अपराजित रहेको चेन्नई सुपर किंग्स राजस्थान रोयल्ससँग ३२ रनले पराजित भएको छ। 

टस हारेर फिल्डिङमा उत्रिएको चेन्नईलाई राजस्थान रोयल्सले जितका लागि २०३ रनको लक्ष्य दिएको थियो। 

निर्धारित २० ओभरमा चेन्नईले ६ विकेट गुमाउँदै मात्र १७० रन बनाउन सक्यो। 

चेन्नईका लागि मध्यक्रममा आएका शिवम् दुवेले अर्धशतक (५२रन) बनाए। ओपनर रितुराज गाइकवार्डले ४७ रनको योगदान दिए भने अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन्। 

राजस्थानका आदम जाम्पाले ३ विकेट लिए। ३ ओभर गरेका उनले २२ रन खर्चिए। त्यस्तै रविचन्द्र आश्विनले २ तथा कुलदीप यादवले १ विकेट लिए। 

स्वामी मानसिंह इन्दुर स्टेडियममा राजस्थानले ब्याटिङ गर्ने निर्णय गरेको थियो। उसका लागि यशस्वी जैसवालले सर्वाधिक ७७ रन बनाए भने ध्रुव जुरेलले १५ बलमा ३४ रनको उत्कृष्ट पारी खेले। 

जितसँगै राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसले ८ खेलमा पाँच वटा जित निकालेको छ। यसअघि लगातार २ खेलमा पराजित भएको उसलाई यो जितले राहत दिएको छ। 

पराजित चेन्नई भने दोस्रो स्थानमा झरेको छ। राजस्थान समान खेल खेलेको उसको अंक पनि समान भए पनि रन रेटका आधारमा पछि परेको हो। 

वैशाख १४, २०८० बिहीबार २३:३९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।