चेन्नईविरुद्ध राजस्थानको २०३ रनको लक्ष्य, जुरेल र पाडिक्कलले २० बलमा ४८ रन बनाए

आईपीएलको ३७ खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ।
स्वामी मानसिंह इन्दुर स्टेडियममा टस जितेर ब्याटिङ रोजेको राजस्थानले ५ विकेटको क्षतिमा पूरा ओभर खेल्दै २०२ रन बनाउन सक्यो।
राजस्थानका यशस्वी जैसवालले सर्वाधिक ७७ रन बनाए भने ध्रुव जुरेलले विष्फोटक ब्याटिङ गर्दै १५ बलमा ३४ रन बनाए।
जुरेल र देवदत्त पाडिकलले २० बलमा ४८ रन जोडे।
चेन्नईका तुषार देशपाण्डेले २ विकेट लिए । महिश टिक्षाना र रविन्द्र जडेजाले १-१ विकेट लिए ।
राजस्थानलाई यशस्वी जैसवालले उत्कृष्ट सुरुवात दिलाए । उनले २६ बलमा अर्धशतक पूरा गरे र ओपनर जोस बटलरसँग ८६ रनको साझेदारी गरे। ४३ बलमा ७७ रन बनाएर यशस्वी तुषार देशपाण्डेको शिकार बने । यो यशस्वीको आईपीएलमा उत्कृष्ट स्कोर पनि हो।
जैसवालले पहिलो ओभरमा ३ चौका प्रहार गरे । राजस्थानले ६ ओभरमा बिनाविकेट गुमाएर ६४ रन बनाएको थियो भने यशस्वीले २१ बलमा ४० रन बनाएका थिए ।
आजको खेलमा राजस्थानले जित निकाल्न सके शीर्ष स्थानमा उक्लिने छ।
वैशाख १४, २०८० बिहीबार २१:३९:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।