टस जितेर चेन्नईविरुद्ध ब्याटिङ गर्दै राजस्थान, एक खेलाडी परिवर्तन

जारी आईपीएलमा शीर्ष स्थानको चेन्नई सुपर किंग्स र तेस्रो स्थानको राजस्थान रोयल्सबीच खेल जारी छ।
अघिल्लो सिजन अन्तिमभन्दा एक स्थान माथि रहेर लिग सकेको चेन्नईले यसपटक लगातार तीन खेलमा जित निकालिसकेको छ भने राजस्थानले पछिल्ला दुई खेलमा हार बेहोरेको छ।
स्वामी मानसिंह इन्दुर स्टेडियममा टस जितेर राजस्थानले ब्याटिङ गरिरहेको छ।
राजस्थानले टिममा एक परिवर्तन गरेको छ। ट्रेन्ट बोल्टको स्थानमा एडम जाम्पालाई मौका दिएको छ । चेन्नईले भने टोलीमा कुनै परिवर्तन गरेको छैन।
आजको खेलमा राजस्थानले जित निकाल्न सके शीर्ष स्थानमा उक्लिने छ।
वैशाख १४, २०८० बिहीबार २०:०१:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।