प्रधानमन्त्री मोदी विषालु सर्पजस्तै भएको भारतीय कांग्रेस अध्यक्षको आरोप

भारतीय कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई विषालु सर्पको संज्ञा दिएका छन्।
बिहीबार कर्नाटकको कालाबुर्गीमा चुनावी सभालाई सम्बोधन गर्दै खर्गेले भने, 'प्रधानमन्त्री मोदी विषालु सर्प जस्तै छन्। तिमीलाई लाग्न सक्छ कि यो विष हो कि होइन, तर चाख्यो भने मर्छ।
त्यसपछि रोनमा भएको बैठकमा खर्गेले भ्रष्ट भाजपा सरकारले राज्यलाई लुटिरहेको बताए । 'यहाँ हरेक काममा ४० प्रतिशत कमिशन लिइन्छ,' उनले भने, 'बीजेपी सरकारले घोटालाको आरोप लागेका मानिसहरूलाई देशबाट भाग्न मद्दत गर्छ। प्रधानमन्त्री आफैं भ्रष्टाचारीलाई बचाउन व्यस्त छन् ।'
यसअघि आज प्रधानमन्त्री मोदीले ले कर्नाटकका ५० लाख भाजपा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै कांग्रेसले चुनावी वाचाहरू पूरा नगरेको आरोप लगाएका थिए।
उनले कांग्रेस भनेको झुटो ग्यारेन्टी र भ्रष्टाचारको ग्यारेन्टी भएको बताए ।
वैशाख १४, २०८० बिहीबार १६:४०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।