कतारविरुद्ध नेपाल ६८ रनले विजयी, सन्दीपको अलराउण्डर प्रदर्शन

कतारविरुद्ध नेपाल ६८ रनले विजयी, सन्दीपको अलराउण्डर प्रदर्शन

एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपालले ६८ रनको फराकिलो जित निकालेको छ। ​​

नेपालविरुद्ध सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमै ८९ रन बनाएर अलआउट भयो। 

प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपालले लज्जास्पद ब्याटिङ गर्दै १५७ रनको सामान्य लक्ष्य दिएको थियो। 

नेपालले ४०.३ ओभरमा १७५ रन बनाएपछि जवाफी ब्याटिङ गरेको कतारका कुनै पनि ब्याटर चल्न सकेनन्। 

कतारका जाहिर इब्राहिम र खुर्राम शाहजादले समान १५/१५ रन बनाउनुबाहेक अन्यले यत्तिको प्रदर्शन पनि देखाउन सकेनन्। 

कमजोर मानिएको कतारविरुद्ध नेपालका बलर सन्दीप लामिछानले सर्वाधिक ५ विकेट लिनुका साथै ४२ रन पनि जोडे। उनी प्लेयर अफ द म्याच चुनिए। त्यस्तै सोमपाल कामीले ३ विकेट लिए। ललित राजवंशीले पनि २ विकेट लिए। 

समूह 'ए'मा नेपालको ४ खेलमा ३ मा जित र एक खेलमा ७ अंकसहित शीर्ष स्थानमा छ ।

ओमान ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । त्यस्तै समूह 'ए' बाट नेपाल समूह विजेता र ओमान उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका छन् । एक खेल पनि नजितेको कतार भने समूह 'ए' अन्तिममा रह्यो। 

समूह 'बी' बा६ भने यूएईले ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्षस्थान रहँदै सेमिफाइनल पुग्यो। 

त्यस्तै  हङकङ ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ शीर्ष स्थानमा छ । कुवेत ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ ।

वैशाख १४, २०८० बिहीबार १५:३२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।