नेपालको घातक बलिङसामु निरीह कतार, २० ओभर नपुग्दै ६ विकेट गुम्यो

नेपालको घातक बलिङसामु निरीह कतार, २० ओभर नपुग्दै ६ विकेट गुम्यो
तस्वीर सौजन्यः क्यान

नेपालविरुद्ध सामान्य लक्ष्य पछ्याएको कतारले पनि एसीसी प्रिमियर कपको खेलमा कमजोर प्रदर्शन जारी राखेको छ।  

प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपालले लज्जास्पद ब्याटिङ गर्दै १५७ रनको लक्ष्य दिएको थियो। नेपालले पूरा ओभर पनि खेल्न सकेको थिएन। 

नेपालले ४०.३ ओभरमा १७५ रन बनाएपछि जवाफी ब्याटिङ गरिरहेको कतारले यो समाचार तयार पार्दासम्म १९ ओभरको खेल चलिरहँदा ६ विकेट गुमाइसकेको छ। उसले मात्र ६३ रन जोडेको छ। 

कमजोर मानिएको कतारविरुद्ध नेपालका बलर सन्दीप लामिछानले सर्वाधिक ४२ रन जोडेका थिए। यस क्रममा उनले ६ वटा चौका प्रहार गरेका थिए। 

समूह चरणमा हालसम्म सबै खेल हारेको कतारलाई नेपालविरुद्ध पहिलो जित निकाल्ने मौका छ। तर उसका ब्याटर लगातार पेभेलियन फर्किरहेका छन्। ६ विकेट गुमाइसकेको अवस्थामा कतारका जाहिर इब्राहिमले सर्वाधिक १५ रन जोड्नुबाहेक अरूले दोहोरो अंकमा रन बनाउन सकेका छैनन्। 

घातक बलिङ गरिरहेको नेपालका लागि सोमपाल कामीले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिएका छन्। त्यस्तै ललित राजवंशीले एक विकेट लिएका छन्। 

वैशाख १४, २०८० बिहीबार १४:३८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।