सन्दीपले जोगाए १११ रनमा ९ विकेट गएको नेपालको इनिङ

काठमाडौं : एसीसी प्रिमियर कपको खेलमा कतारसँग निकै खराब ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा १५७ रनमै अलआउट भयो।
नेपाली ब्याटरको प्रदर्शन हेर्दा नेपालको स्कोर योभन्दा पनि कम हुन सक्थ्यो।
कुनैबेल मात्र १११ रनमा नेपालको ९ विकेट खसिसकेको थियो। तर पूर्व कप्तान सन्दीप लामिछाने केही सम्हालिएर ब्याटिङ गर्दै नेपालको इनिङलाई जोगाउने प्रयास गरेका थिए।
उनले ५८ बलमा ६ चौकाको सहयोगमा अविजित ४२ रनको योगदान दिए। उनी बाहेक अन्य कुनै पनि ब्याटरले गतिलो स्कोर बनाउन सकेनन्।
ओपनर कुशल भुर्तेल २, भिम सार्की ६, आशिफ सेख १९, कप्तान रोहित पौडेल २७ र सोमपाल कामी ११ रनमा आउट हुँदा मात्र ८४ रनमा नेपालको ६ विकेट गुमिसकेको थियो।
यसपछि आरिफ सेख ११, दिपेन्द्र सिंह ऐरी १२ र गुल्शन झा ७ र ललित राजवंशी एक रनमा आउट भएका थिए।
वैशाख १४, २०८० बिहीबार १२:४६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।