आईपीओ जारी गर्दै आईएमई लिमिटेड, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाण्डौं :आईएमई लिमिटेडले जारी गर्न लागेको साधारण सेयर(आईपीओ) का लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ।
आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिका सम्बन्धी सम्झौतामा भएको हो।
आईएमईले आफ्नो एक अर्ब रुपैयाँ जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो।
आईएमईले २२ वर्षदेखि रेमिटेन्स सेवा प्रदायकको काम गर्दै आएको छ। आईएमई रेमिटेन्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा पटक पटक ‘ठूला करदाता सम्मान’ बाट पुरस्कृत भएको छ।
आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ।
वैशाख १४, २०८० बिहीबार १०:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।