रायोसँग पराजित भयो लिडर बार्सिलोना, लिगमा तेस्रो हार

एजेन्सी : स्पेनिस लिग लिडर बार्सिलोना लिगमा रायो भालेकानोसँग २-१ गोल अन्तरले पराजित भएको छ। जारी लिगमा बार्साको यो तेस्रो हार हो।
घरेलु मैदानमा भालेकानोका लागि १९ औं मिनेटमा गार्सिया रिभेरियाले खाता खोल्दा ५३ औं मिनेटमा गार्सिया टोरेजले दोस्रो गोल गरेका थिए।
यसपछि ८३ औं मिनेटमा लेवान्डोस्कीले एक गोल फर्काए पनि बार्सिलोनाको हार टार्न पर्याप्त भएन।
तर यो हारपछि पनि शीर्षस्थानमा रहेको बार्सिलोनाको लिगमा ११ अंकको अग्रता कायमै छ।
बार्साको ३१ खेलबाट ७६ अंक छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ६५ अंक छ।
वैशाख १४, २०८० बिहीबार ०९:४६:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।