चट्याङले ताप्लेजुङमा बालक छोराको ज्यान लियो, बाबुआमा गम्भीर घाइते

ताप्लेजुङ : ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
गए राति असिना पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो।
चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु गम्भीर घाइते भएका छन्।
घाइते दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिएका छन्।
वैशाख १४, २०८० बिहीबार ०९:३४:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।