कोलकातासँग हारेपछि कोहलीले भने'हामी हारका हकदार थियौ'

एजेन्सी : कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई २१ रनले हरायो। रोमाञ्चक खेलमा बैंगलोरलाई हराएको हो।
टस जितेको बैंगलोरले बलिङ रोजेको थियो। कोलकाताले २० ओभर खेल्दै पाँच विकेट गुमाएर २ सय रन बनायो।
२०१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको बैंगलोरका खेलाडी कोलकाताका स्पिनर बलको फन्दामा पर्दै गए। सुयश शर्मा र वरुण चक्रवर्तीले मात्र पाँच विकेट लिए।
कोहलीले ५४ रन बनाए। मनिपाल लोमरले ३४, दिनेश कार्तिकले २२, फाफ डू प्लेसिले १७ र सुयास प्रभिदेसाईले १० रन जोडेका थिए। २० ओभरमा आठ विकेट गुमाएर जम्मा १७९ मात्र रन बनायो।
पहिलो ब्याटिङ पाएपछि कोलकाताका ओपनर जासन रोयले ५६ रन बनाए। कप्तान नितिश राणाले ४८, वेन्कटेस ऐयरले ३१, नारायण जगदीशनले २७, रिंकु सिंहले १८ र डेभिड वाइजले १२ रन जोडेर दुई सय पुर्याए।
बेङ्लोरका वनिन्दु हसरङ्गा र विजय विसकले समान दुई विकेट लिए भने मोहम्मद सिराजले एक विकेट लिए।
जितसँगै आठ खेलबाट ६ अङ्क जोडेको कोलकाता तालिकाको सातौं स्थानमा उक्लियो। समान खेलबाट आठ अङ्क जोडेको बेङ्लोर तालिकाको पाचौं स्थानमा छ।
हारपछि बैंग्लोरमा क्याप्टेन विराट कोहलीले भने' हामीले व्यावसायिक खेलाडी झैँ खेल्न सकेनौ। हामी हारको हकदार थियौ।'
वैशाख १४, २०८० बिहीबार ०२:१६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।