कोलकाताविरुद्ध २०१ रनको लक्ष्य पछ्याएको बेंग्लोरको ६ ओभर नपुग्दै ३ विकेट गुम्यो

कोलकाताविरुद्ध २०१ रनको लक्ष्य पछ्याएको रोयल च्यान्जर्स बेंग्लोरले ६ ओभर नपुग्दै ३ विकेट गुमाएको छ।
फाप डु प्लेसिस ७ बलमा १७ रन बनाएर क्याच आउट भए। उनी कोलकाताका बलर सुयस शर्माको शिकार भए।
त्यस्तै सहबाज अहमद मात्र २ रनमा आउट भए। यसपछि आएका ग्लेन म्याक्सवेल पनि ५ रनमै क्याच आउट भए।
सातौँ ओभरको खेल चलिरहँदा विराट कोहली क्रिजमा छन्। यो समाचार तयार पार्दासम्म उनी ३४ रन बनाएर खेलिरहेका छन्।
यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले ५ विकेटको क्षतिमा पूरै ओभरमा २०० रन बनाएको थियो।
वैशाख १३, २०८० बुधबार २२:१६:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।