५ विकेट गुमाएर बेंग्लोरलाई कोलकाताले दियो २०१ रनको लक्ष्य

जारी आईपीएलको ३६ औं खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई कोलकाता नाइटराइडर्सले जितका लागि २०१ रनको लक्ष्य दिएको छ।
चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको कोलकाताले पूरै ओभरमा ५ विकेट गुमाउँदै २०० रनको आँकडा बनाउन सक्यो।
कोलकाताका ओपनर जसन रोयले ५६ रन बनाए भने कप्तान नितिस रानाले २१ बलमा ४८ रनको योगदान दिए।
बेङ्कटेश अय्यरले २६ बलमा ३१ र नारायण जगदीशनले २९ बलमा २७ रन बनाए । स्लग ओभरमा रिंकु सिंहले १० बलमा १८ रन र डेभिड भिजेले ३ बलमा १२ रन बनाए ।
बैंगलोरका विजयकुमार वैशाक र भानिन्दु हसरंगाले २-२ विकेट लिए ।
जेसन रोयले कोलकाता नाइट राइडर्सलाई राम्रो सुरुवात दिलाएका थिए। उनलाई नारायण जगदीसनले पनि साथ दिए । पावरप्लेमा दुवैले विकेट नगुमाई टोलीको स्कोर ६६ रनमा पुर्याएका थिए।
वैशाख १३, २०८० बुधबार २१:३६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।