राष्ट्रपतिको स्वकीय सचिवालयले भन्यो- उपचार जारी छ, केही सञ्चारमाध्यमले भ्रम छरे

राष्ट्रपतिको स्वकीय सचिवालयले भन्यो-  उपचार जारी छ, केही सञ्चारमाध्यमले भ्रम छरे

अस्वस्थ भएर भारत लगिएका राष्ट्रपति रामचन्द्र पौडेलको उपचार जारी रहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेललाई भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको छ। 

राष्ट्रपति पौडेलको केही परीक्षणका रिपोर्टहरू अझै आउन बाँकी रहेको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

छातीमा इन्फेक्सन भएका कारण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएकाो थियो। तर स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि भारत लगिएको हो। 

राष्ट्रपतिलाई उपचारका लागि सरकारको निर्णयअनुसार नै भारत लगिएको र केही सञ्चारमाध्यमले भने यससम्बन्धी भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै सचिवालयले दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। 

वैशाख १३, २०८० बुधबार २०:२४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।