अमेरिका, क्यानडा र अष्ट्रेलियाबाट आएको रेमिटेन्स दावी गर्दा ५० रुपैयाँ बोनस

काठमाडौं : आइएमई डिजिटल सोलुसन लिमिटेडले ‘आइएमई पे’ मा अमेरिका, क्यानडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ।
संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दावी गर्दा ५० रुपैयाँ रकम बोनसको रुपमा प्रदान गरिंदै आएको छ।
‘आइएमई पे’ ले सो बोनस रकममा आगामी दिनहरुमा पनि निरन्तरता दिदैं ग्राहकहरुलाई झन्झटबिना विदेशबाट आएको रकम वालेटमै दावी गर्न प्रोत्साहन गरेको छ।
सो बोनस रकम अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रेमिटेन्स दावी गर्दा पनि उपलब्ध हुनेछ।
वैशाख १३, २०८० बुधबार १९:२२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।