थ्री स्टारले गुमायो लिगको शीर्षस्थानमा उक्लने मौका, मछिन्द्रसँग बराबरी

थ्री स्टारले गुमायो लिगको शीर्षस्थानमा उक्लने मौका, मछिन्द्रसँग बराबरी

काठमाडौं : मछिन्द्रसँग बराबरीको खेल खेलेपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टारले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ।

लिग अन्तर्गत आजको खेलमा थ्री स्टार क्लब मछिन्द्र फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकियो। यो बराबरी पछि दुवै टिमले एक/एक अंक बाँडेका हुन्।

दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलका केही राम्रा मौका खेर फाले।

बराबरीपछि लिगको दोस्रो स्थानमा रहेको थ्री स्टारको १२ खेलबाट २२ अंक भएको छ। लिग लिडर जाउलाखेलको ११ खेलबाट २३ अंक छ। आजको खेल जितेको भए  थ्री स्टार पहिलो स्थानमा उक्लने थियो।

मछिन्द्र भने १२ खेलबाट १७ अंकसहित सातौं स्थानमा छ।

वैशाख १३, २०८० बुधबार १८:३४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।