झापामा एमाले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास, दुई प्रहरी घाइते

एमाले अध्यक्ष केपी ओलीमाथि कोशी प्रदेश नामकरण खारेज हुनुपर्ने माग राख्दै आएकाहरूले आक्रमण प्रयास गरेको छ।
झापाको भद्रपुर विमानस्थलबाट बुधबारे जाने क्रममा बुद्धशान्तिमा एक कार्यक्रमस्थलमा जाने क्रममा उनीमाथि आक्रमण प्रयास भएको हो।
आक्रमण नियन्त्रण गर्न खोज्दा दुई प्रहरी घाइते भएका छन्। बुद्धशान्तिचोकमा पहिचान समर्थकहरूले ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए।
प्रदर्शनकारीले ओलीलाई कालो झण्डा देखाएका थिए।
ओलीमाथि ढुंगामुढा भएको हो। एमाले बुद्धशान्ति गाउँ कमिटीको आयोजनामा बुधबारेमा बृहत् कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरिएको एमालेले जनाएको छ। जहाँ ओली प्रमुख अतिथि बनेका गएका हुन्।
कार्यक्रममा पूर्वसभामुख तथा वरिष्ठ नेता सुवास नेम्बाङ पनि सहभागी थिए।
यसैबीच एमालेले सत्ता गठबन्धनका कार्यकर्ताले ओलीमाथि आक्रमण भएको आरोप लगाएको छ।
ओलीमाथिको आक्रमण प्रयासबारे गृहमन्त्रीले बुधबार संसद् बैठकमा जानकारी गराएका छन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले ओलीमाथि झापाको बुधबारेमा कोशी प्रदेश नामकरणको विरोधमा रहेका समूहले आक्रमण गर्न खोजेको बताए।
उनले प्रतिनिधिसभा बैठकमा घटनाबारे जानकारी दिँदै भने, ‘प्रहरीले ढुंगामुढा प्रहारमा संलग्न एकजनालाई नियन्त्रणमा लिएको छ। यस क्रममा दुई जना प्रहरी घाइते भएका छन्।’
वैशाख १३, २०८० बुधबार १७:५७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।