रास्वपा समर्थकबाट तथानाम गाली खेपेकी युवतीसँग घुँडा टेकेर माफी मागे रविले

रास्वपा समर्थक र कार्यकर्ताको गालीगलौजपछि विक्षिप्त बनेकी युवतीसँग रवि लामिछानेले माफी मागेका छन्।
चितवन-२ को उपनिर्वाचनको क्रममा सामाजिक सञ्जाललगायत युट्युबहरूमा ती युवतीले रवि लामिछानेभन्दा पनि चितवनको छोरालाई जिताउनु भनी अभिव्यक्ति दिएकी थिइन्। उनको अभिव्यक्तिपछि उनलाई रास्वपाका कार्यकर्ताले सामाजिक सञ्जालमा तथानाम गालीगलौज गरेका थिए।
ती युवतीसामु लामिछानेले घुँडा टेकेरै माफी मागेका हुन्।
मानसिक पीडा भोगेकी उनलाई र उनको परिवारलाई लामिछानले बुधबार भेटेका हुन्। भेटमा लामिछानेले गाली गर्नेहरूको तर्फबाट आफूले माफी मागेको बताएका छन्।
त्यसक्रममा उनले भने, 'तपाईँ छोरीजस्तो, बहिनी जस्तो मान्छे । तपाईंलाई कति नराम्रो भने, मेरा लागि त्यो राम्रो कुरा होइन,' लामिछानलेले राजनीतिमा मन नपरेका मानिसलाई गाली गर्न पाइने बताए।
आफ्नो निर्देशनमा गाली गर्न नलगाएको बताएका लामिछानेले जसले गल्ती गरे पनि आफूले मागी मागेको बताए।
वैशाख १३, २०८० बुधबार १६:२२:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।