गभर्नरको दाबीः अहिले आर्थिक मन्दी होइन, शिथिलता देखिएको हो

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी अहिले देखिएको अवस्था आर्थिक मन्दी नभई आर्थिक शिथिलता रहेको तर्क गरेका छन्।
कान्तिपुर मिडिया ग्रुपले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक समिटमा गर्भनर अधिकारीले भने, ‘अहिले मन्दीको स्थिति हैन। मन्दीको परिभाषा भनेको सामान्यतयाः निरन्तर रुपमा दुई वटा क्वार्टरमा नेगटिभ आर्थिक दर हुनुपर्छ। हाम्रो यो वर्षको पहिलो त्रैमासिक रिपोर्टले १ प्रतिशत भन्दा कम वृद्धिदर देखाएको छ। र, समग्रमा अन्य अध्ययन र बाहिरी अध्ययनहरूका साथै राष्ट्र बैंककै अध्ययनले पनि चालु आर्थिक वर्षमा ४ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान छ।’
उनले अहिलेको अवस्थालाई तर मन्दी नै भनेर भन्न नमिल्ने दाबी गरेका हुन्।
उनले नेपालको वित्तीय प्रणाली अत्यन्तै सुरक्षित रहेको पनि बताए। दक्षिण एशियाका देशभन्दा नेपालको आर्थिक अवस्था राम्रो रहेको पनि उनले त्यहाँ तर्क गरे।
वैशाख १३, २०८० बुधबार १५:१२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।