दिल्लीको एक स्कुलमा बम राखिएको आशंका, विद्यार्थीहरूलाई बाहिर निकालियो

भारतको राजधानी दिल्लीको मथुरा रोडस्थित दिल्ली पब्लिक स्कुलमा बम भएको खबर पाएपछि हलचल मच्चिएको छ ।
बुधबार भएको उक्त घटनापछि उक्त स्कुलका हरेक कक्षाकोठामा चेकजाँच भइरहेको छ ।
सूचना पाएलगत्तै गेटमा अभिभावकको भीड लागेको थियो । स्थानीय समयअनुसार ९ देखि साढे ९ बजेसम्म बालबालिकालाई विद्यालयबाट निकालिएको छ।
विद्यालय प्रशासनले बालबालिकाहरू पूर्ण रूपमा सकुशल रहेका बताएको छ । केही दिनअघि पनि एउटा विद्यालयबाट यस्तै समाचार आएको थियो । बमको खबरले केही अभिभावक भावुक भएका थिए। बम स्क्वाडले ठाउँ ठाउँमा अनुसन्धान गरिरहेको छ ।
विद्यालयका शिक्षकहरूले बिहान ९ बजेतिर अभिभावकलाई फोन गरेर केही आपतकालीन अवस्था भएको जानकारी दिएका थिए । कतिपय अभिभावकले आफूलाई भित्र बम रहेको जानकारी मात्रै भएको बताएका छन्।
वैशाख १३, २०८० बुधबार १०:३३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।