ए डिभिजन लिगअन्तर्गत आज तीन खेल हुँदै

ए डिभिजन लिगअन्तर्गत आज तीन खेल हुँदै

सहिद स्मारक 'ए' डिभिजन लिगअन्तर्गत आज तीन खेल हुँदैछन् । 

आजका २ खेल दशरथ रंगशालामा र एक खेल च्यासल मैदानमा हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल थ्री स्टार र मच्छिन्द्र फुटबल क्लबबीच हुनेछ। 

थ्री स्टार र मच्छिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । रंगशालामा हुने दोस्रो खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबबीच खेल हुनेछ ।

हिमालयन र जावलाखेलबीचको खेल साँझ ६ बजे शुरु हुनेछ । त्यस्तै च्यासल मैदानमा सातदोबाटो युथ क्लब र संकटा क्लवबीच खेल हुनेछ । सातदोबाटो र संकटाबीचको खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

वैशाख १३, २०८० बुधबार १०:१३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।