रवि लामिछानेसँग हारेका एमाले उम्मेदवार न्यौपानेको प्रतिक्रिया- एउटा माघले जाँडो जाँदैन

रवि लामिछानेसँग हारेका एमाले उम्मेदवार न्यौपानेको प्रतिक्रिया- एउटा माघले जाँडो जाँदैन

चितवन क्षेत्र नम्बर २ मा रास्वपका उम्मेदवार रवि लामिछानेसँग पराजित भएपछि एमालेका रामप्रसाद न्यौपानेले सामाजिक सञ्जालमा केही प्रश्नहरू गरेका छन्। 

एउटा निर्वाचनमा हार बेहोर्दैमा आत्तिनुनपर्ने उनले प्रतिक्रिया दिएका छन्। 

उनले लेखेका छन्- मित्रहरू,निर्वाचन हो,जितहार स्वाभाविक लिनुपर्छ । तर एउटा सत्य कुरा बुझिराख्नुहोला एमालेजनले नेकपा एमालेले यो देशको भलो बाहेक कुभलो के गरेको छ र सकिनलाई हँ ? एउटा माघले जाँडो जाँदैन हजुर'

सामाजिक सुरक्षा भत्ता ल्याएको, चुच्चे नक्सा जारी गरेको, कालापानी फिर्ता एमालेले ल्याएको उनले दाबी गर्दै नाकाबन्दी हटाएको, चीनसँग पारवहन सम्झौता गरेको लगायत एमालेले गरेका कामहरू भन्दै फेसबुकमा राखेका छन्। 

एमालेले हजारौँ कामहरू गरेको दाबी गर्दै उनले अरूको लहलहैमा लागेर अनावश्यक कुराहरुमा नबहकिन आग्रह गरेका छन्। 

'यो देशमा केही गर्छ भने एमालेले गर्छ अरू सबै भ्रम हुन्' उनले लेखेका छन्।

वैशाख १३, २०८० बुधबार ०९:१७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।