गुजरातले पहिलोपटक मुम्बईलाई हराएर उक्लियो दोस्रो स्थानमा

गुजरातले पहिलोपटक मुम्बईलाई हराएर उक्लियो दोस्रो स्थानमा

आईपीएलमा मंगलबार राति भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियनलाई ५५ रनले पराजित गरेको छ। 

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा  टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले जितका लागि मुम्बईलाई २०८ रनको लक्ष्य दिएको थियो। 

तर मुम्बईले पूरै विकेट गुमाएर मात्र १५२ रन बनाउन सक्यो।

गुजरातको जितमा नुर अहमदले ३ तथा राशिद खानले २ विकेट लिए। त्यस्तै हार्दिक पाण्ड्या र मोहित शर्माले १/१ विकेट लिए। 

आज मुम्बईका कप्तान रोहित शर्मा मात्र २ रन बनाएर आउट भए। त्यस्तै इसन किसनले पनि मात्र १३ रन बनाउन सके भने तिलक वर्मा पनि मात्र २ रन बनाएर पेभेलियन फर्किए। सूर्यकुमार यादवले २३ रन जोड्दा क्यामरुन ग्रिनले ३३ रन बनाए। 

आज मुम्बईका नेहाल वाधेराले सर्वाधिक ४० रन बनाउनुबाहेक अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। 

सात खेलमा मुम्बईको यो चौथो हार हो भने समान खेलमा गुजरातले पाँचौँ जित निकालेको छ। गुजरात १० अंक बनाएर तालिकाको दोस्रो स्थानमा उक्लएको छ। 

गत वर्षबाट आईपीएलमा सहभागिता जनाएको गुजरातले पहिलो सिजन नै आईपीएलको उपाधिक उचालेको थियो। उसले मुम्बईलाई पहिलो पटक हराएको हो। 

वैशाख १२, २०८० मंगलबार २३:४३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।