मुम्बईलाई गुजरातको २०८ रनको लक्ष्य, राहुल तेबतियाले ५ बलमै बनाए २० रन

मुम्बईलाई गुजरातको २०८ रनको लक्ष्य, राहुल तेबतियाले ५ बलमै बनाए २० रन

आईपीएलको अघिल्लो संस्करणको विजेता गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई जितका लागि २०८ रनको लक्ष्य दिएको छ। 

टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमायो। 

ओपनर शुभमन गिल ५६ रनका साथ सिजनको तेस्रो अर्धशतक बनाए। डेभिड मिलर ४६ र अभिनव मनोहर ४२ रनमा आउट भए। सोही क्रममा राहुल तेवातियाले विष्फोटक ब्याटिङ गर्दै ५ बलमा २० रन बनाए । यस क्रममा उनले ३ छक्का प्रहार गरे। 

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए। 

मिडल अर्डरमा डेभिड मिलर र अभिनव मनोहरले अर्धशतकीय साझेदारी गर्दै टोलीको स्कोर १५० रनमा पुर्याएका थिए। दुवैले ३५ बलमा ७१ रन जोडे।

शुभमन गिलको यो करिअरको १७ औं अर्धशतक हो। 

गुजरातले ६ ओभरमा ५० रन बनाए पनि ऋद्धिमान साहालाई अर्जुन तेन्दुलकरले ४ रनमा प्याभेलियनको बाटो देखाएका थिए । 

कप्तान हार्दिक पाण्ड्या मात्र १३ बलमा १३ रन बनाएर आउट भए। 

६ खेलमा गुजरातले ४ मा जित निकालेको छ भने समान खेलबाट मुम्बईले भने ३ खेलमा जित निकालेको छ। 

वैशाख १२, २०८० मंगलबार २१:४४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।